Skip to content


म त आएँ तिम्रो सामु खुसी बोकी आँखाभरि
यस्तै दिन जिन्दगीमा आए हुन्थ्यो सधैंभरि

आँखा खोल्दा अघिल्तिर खुसी यस्तै देख्न पाए
आफू हारी अरुलाई रमाएको हेर्न पाए
जीतभन्दा मिठो हुन्थ्यो सन्तोषले मर्न पाए
लुटाउँथे आफूलाई नराखेर रतिभरि
यस्तो मौका जिन्दगीमा आए हुन्थ्यो फेरिफेरि

अँध्यारोको के कुरा भो अरुलाई घाम लागे
जिन्दगीको अर्थ खुल्छ अरुलाई काम लागे
कहाँ हो र जिउनु म त भन्छु आफुलाई
निदाउन पाए हुन्थ्यो छातीबिच सधैंभरि
फूल टिपी बैगुनीको राखिदिन हातभरि

शब्द – दिनेश अधिकारी
स्वर – कुमार सानु
संगीत – रनजीत गजमेर
चलचित्र – अपराध

Leave a Reply

Your email address will not be published. Required fields are marked *