
कुकुर भुक्थ्यो, भुक्छ र फेरि भुकेको देखें
दुलो भित्र सर्प लुक्थ्यो आज लुकेको देखें
सुनिन्छन् जताततै हिजोआज झुटा खबर
रुँदै विस्मातमा नेपाल आमा दुखेको देखें
गड्गडाउँदै हड्वडाउँदै उर्लिइन् काली नदी
मेची-महाकाली मुलैदेखि आज सुकेको देखें
जलायो जस्ले जिउँदै सिमानामा राष्ट्र सेवक
धिक्कार्दै उसको मुखमा जनताले थुकेको देखें
गिर्दैछ देशको साख,रित्तिदैछ आमाको काख
निर्लज्जी देशका नेता हदैसम्म चुकेको देँखे
साँच्चै, नेपाली हामिरहुँला कहाँ नेपालै नरहे
बिदेशीसामु राष्ट्रिय झण्डा आधा झुकेको देखें ।
लाक्पा शेर्पा समर्पित
ताप्लेजुङ
हाल धनगडी कैलाली नेपाल
