Skip to content

यो कान्छीको आँसु हो कि

  • by


यो कान्छीको आँसु हो कि फेवातालको पानी
रात बित्यो तिमीजस्तै केले भिज्यो छाती

मनभित्र गढ्यो काँडा खिल गढे जस्तै
बिहानीमा एक्लो भेटें माछापुच्छ्रे जस्तै
विरहले रोयो मन आवेशले जस्तै
दुइटा फूल चौतारीमा एउटा झरे जस्तै

अँगालोमा छैन हात आगो मिर्मिरेमा
आफैं रुने आँसु छैन मेरो जिन्दगीमा
गल्ती भो कि सोच्न थालें अतीतका छायाँ
कहाँ लगी बगाइदिन्छौ मेरो चोखो माया

शब्द – आनन्द अधिकारी
स्वर – यम बराल
संगीत – मदनसिंह नेपाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *