पिरतीका चिनोहरू जलाएर जाऊ बिन्ती
सक्छौ भने अस्तित्व नै मेटाएर जाऊ बिन्ती
तिम्रो माया राख्ने मुटु तिमीबिना दुख्छ होला
त्यसैले यो पत्थर जस्तै बनाएर जाऊ बिन्ती
यो जिन्दगी तिम्रै थियो अब यस्को के काम भो
चितामाथि छु म आगो लगाएर जाऊ बिन्ती
गुनासो म तिमीलाई केही पनि गर्ने छैन
लिलामीमा मेरो माया बिकाएर जाऊ बिन्ती
‘घायल’को एकै इच्छा पुरा गर आँट भए
तिम्रै हातले कफन यो ओढाएर जाऊ बिन्ती
गुप्तेश्वर-३, रामेछाप
हाल:अबुधाबी,युएई
copyright©घायल
