छोडेर कपाल गाजलु थोरै तुर्क्याएकी थियौ हेरिरहेँ
हिल चप्पल्मा जिन्स माथि सुर्क्याएकी थियौ हेरिरहेँ
औंला समातेर कपाल मुसार्दै मेरो तारिफ गर्दै थियौ
थाहा थियो मस्का लाउदै फुर्क्याएकी थियौ हेरिरहेँ
सानो बिबादमा ठुस्किएर आखा तर्दै राता राता
मलाई जाँच्न तिमीले घुर्क्याएकी थियौ हेरिरहेँ
सुम्पिए सबै जिउ ज्यान मेरो भन्नु सबै तिम्रो
दिए मुटु भन्दै मेरै गुमुर्क्याएकी थियौ हेरिरहेँ
मरुभुमी को छातीबाट
तोयानाथ पौडेल
