मेरो धर्म मेरो कर्म मेरो पुण्ये आमा ।
तिमी हुँदै चारधाम किन चुन्ने आमा ।
महानता अर्को रुप त्यो देवी हौ तिमी
ममताको आँचल भित्र माया थुन्ने आमा ।
दियो बाली मन्दिरमा मेरै मागी खुसी
सु–स्वास्थ्य र दिर्घायुको माला उन्ने आमा ।
कति सजग कस्तो तेज छौं सधैं तुष्ट
धैर्य गरी निर्बुद्धिको बुद्धि सुन्ने आमा ।
द्धापर झैं कलिमा छोरो “भरत” बन्छ
गुनी मनमा अनेकौं सपना बुन्ने आमा ।।……….दर्पण
