समुन्नत राष्ट्र सँगै, आफ्नै देश सम्झ्यो उसले,
दौरा सुरुवाल, गुन्यु चोली, भेष सम्झ्यो उसले ।
विदेशीका सम्पन्नता, नजरले नै देखेपछि,
सगर् माथा छानोमुनी बस्ने, फेश सम्झ्यो उसले ।
सबै नेता कर्मचारी, भ्रष्ट छन् , भनी ठानेर नै,
राजनीति, गोटी चाल्ने खेल, चेस सम्झ्यो उसले ।
हातमुख जोर्न धौ धौ कठै सीधासादा जनता,
मथिंगल् घुमेपछि, बद्ला र, द्धेश सम्झ्यो उसले ।
पराई भूमि सिंगारेर, आफ्नो उजाडनु भन्दा,
“निर्भीक” साथ् लडेर नै मर्नु वेश सम्झ्यो उसले ।
” चूडा निर्भिक ”
आँपपिपल ७, गोरखा
हाल काठमाण्डौ
