फुलेर फेरि आफै झर्दो रहेछ जीवन
जिउदा जिउदा थाकेर मर्दो रहेछ जीवन
आफ्ना ले क्रमै सँग धोका दिदै गएपछि
मर्नु, बाच्नुको अन्योल मा पर्दो रहेछ जीवन
श्रावणको भेल होस खहरेमा कुद्ने
जितेपछी हिम्मत तर्दो रहेछ जीवन
आन्तिम श्वास लिदै गर्दा मृत्यु शैयामा
आफ्नाको नै नाम जप गर्दो रहेछ जीवन
मरुभूमिको छातीबाट
तोयानाथ पौडेल