Skip to content


घामका पाईलाहरू डुब्दा डुब्दै
अंधेरीको रात जाग्छ
हुँदा हुँदै
प्याला भरी भरी पँधेरीको मात लाग्छ
यसरी नै पिउदा पिउदै सधैँ सधैँ
एउटा युग रितिइदिन्छ
यसरी नै जीउदा जीउदै सधैँ सधैँ
एउटा युग बितिदिन्छ
फेरी
उही धरातलमा
नयाँ सृष्टिका टुसारोहरू पलाउछन
ओभानो छहारीको बास खोज्दै
अनि
विहानीको झुल्के घामसँगै
एउटा नवीन कथाहरूको संगालो बन्न
एउटा नवदिनको सुरूवात हुन
सधैँ झै
उही माँटो उही हावा उही पानी माथि
सलबलाइरहन बर्बराइरहन
पैसै पैसाको सपना बोकेर
मान्छे मान्छेको बीच
मन मन्दिरहरूमा चहार्दै हिड्छ
पाउँदा खुशी नपाउँदा दुखी
कहिले बारीका पाटाहरूमा
कहिले समुद्रपारिको डाँडाहरूमा
यसरी नै बित्छ दिन र रात छटपट्टाईहरूमा
कोही ऐश आरामको जिन्दगी गुजारछन
कोही नयाँ वस्ती बसाउछन
आफ्ना आफनै
भाग्यरेखा लेखाउछन ( कोर्छन ) यहाँ
आफ्ना आफनै
कर्मथलो बनाउछन यहाँ
जसरी समयको पहिचाँन हुन्छ
त्यसरी नै
एउटा मान्छेको अस्तित्व बन्छ यहाँ
प्रत्येक पिंडीका गिन्तीहरू
नयाँ पुष्पहारहरूमा
नयाँ गन्तव्यका स्थानहरूमा
निरन्तर उनीन्छन
निरन्तर मोडिन्छन
मूल बाटोका हाँगाहरू
हजारौ दोबाटो र गल्लीहरूमा परिर्वतन भए जस्तै
जीउदो पानीका मुहानहरू
स साना खोलानालाहरूमा अबिरल बदलिए जस्तै
यसै गरी एउटा युगले कोल्टे फेर्छ
फेरि अर्को नयाँ युग उदाउनलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *