महत्व के दिएथेँ टाउको पो टेक्न थाल्यो
खुलेर के बोलेथे अश्लील पो देख्न थाल्यो
गरे जति प्रश्नको जाने जति दिएँ उत्तर
त्यसैलाई समाचार बनाई पो लेख्न थाल्यो
कोमल मन मेरो सकेसम्म गरे सहयोग
हिजो आज हिँडने बाटो पो छेक्न थाल्यो
पेटलाई लात हान्दिन सम्म भन्न पाइन
विषाक्त शब्दको रापले पो सेक्न थाल्यो
जातोमा पिन्दा नि सहे, कमजोर ठानेर
सोझोपनको फाईदा उठाई पो हेप्न थाल्यो ।
First published : 2013-04-25 11:54:38 +0900

यथार्थमा उत्रेको भाव
शब्दहरूको संयोजन संगै
यथार्थमा उत्रेको भाव
मार्मिक अनि मिठो लाग्यो हजुरको गजल ।
धन्यवाद…………..
धन्यवाद…………..
भावनाको यात्रा थाले
उर्जाको प्रज्वल दिप वाले
गन्तव्यमा पुग्नु छ, पुन
प्रतिक्रीयाको आशा पाले
भावना सुब्बा