Skip to content

दुखी मन्का बेदनाहरू

  • by


दुखी मन्का बेदनाहरू आँशुसँगै पिएको छु
तिता मीठा सम्झनाका साहराले जिएको छु

बाध्यताले आज हामी बिछोड हुन परे पनि
अतित हाम्रो जीवनमा आउँनेछ साथी बनी
तिमीलाई पनि मिठा केही पल दिएको छु
मैले तिनै सम्झनाका साहराले जिएको छु

समयसँगै बिगतलाई गर्नुछ भुल्ने प्रयास
भबिश्यमा अलिकति राखेर खुसीको आश
तिमीबाट केही पल मैले पनि लिएको छु
मैले तिनै सम्झनाका साहराले जिएको छु

दुखी मन्का बेदनाहरू आँशुसँगै पिएको छु
तिता मीठा सम्झनाका साहराले जिएको छु

‘नरेन्द्र घर्ती’
तारा / बाग्लुङग

Leave a Reply

Your email address will not be published. Required fields are marked *