अशान्ति छ चारैतिर शान्तिको कुनै बास छैन
परिवर्तन भै के भो नयाँ पनको आभाष छैन
मारिदैछन जनता अझ हुर्मत लुटे निरन्तर
जनताको आँशु पुछ्ने त आखिरमा को रैछ र
हाहाकार छ सबैतिर सुखको कुनै बास छैन
स्वतन्त्र भै बाँच्न पाउने यहाँ कुनै आश छैन
बाह्रैमास आँधीहुरी, अराजक छ बाताबरण
अनाहकमा कतिको हुने हो नि अझ मरण
अभाव छ चारैतिर विकासको कुनै बास छैन
उही दुख उही संकट, नौलो पन खास छैन
“हस्त गौतम “”मृदुल”””
