Skip to content

अशान्ति छ चारैतिर

  • by


अशान्ति छ चारैतिर शान्तिको कुनै बास छैन
परिवर्तन भै के भो नयाँ पनको आभाष छैन

मारिदैछन जनता अझ हुर्मत लुटे निरन्तर
जनताको आँशु पुछ्ने त आखिरमा को रैछ र
हाहाकार छ सबैतिर सुखको कुनै बास छैन
स्वतन्त्र भै बाँच्न पाउने यहाँ कुनै आश छैन

बाह्रैमास आँधीहुरी, अराजक छ बाताबरण
अनाहकमा कतिको हुने हो नि अझ मरण
अभाव छ चारैतिर विकासको कुनै बास छैन
उही दुख उही संकट, नौलो पन खास छैन

“हस्त गौतम “”मृदुल”””

Leave a Reply

Your email address will not be published. Required fields are marked *