भित्तो झैँ छाती चर्किरहेछ आज
मलाई छोडि खुशी फर्किरहेछ आज
सबै जना हाँसेरै बसेका छन्
उस्को आँखामा झरी दर्किरहेछ आज
सानीले नजानेर यस्तो प्रेमी छानी
उस्लाई बेच्न सीमानामा पर्खिरहेछ आज
क्रुर, स्वाठहरूको अन्धविश्वासको कारण
निर्दोषलाई मलमूत्र खुवाई बेथिति लर्किरहेछ आज
अस्तु :
विवेक दुलाल क्षेत्री “दमक ”
दमक, झापा
हाल : अबुधाबी, यूएई
