हिमाल :-
हिमाली भेग
मनमोहक चुली
नसालु आँखा
पर्खाइ :-
पर्खाइमा ऊ
आजित हुने बानी
मायामा हारी
याद :-
भुलेको पीडा
यादले सताउछ
रहर जाग्छ
लोडसेडिंग :-
कतिनै टिक्ला
जेनेटरको बत्ती
अधेरी रात
नेता :-
देशको मृत्यु
विपक्षीको मलामी
संबिधान खै
दिवाकर भट्टराई
दमौली, तनहुँ
