विदेश हो भन्नु मात्रै यो खाडीको इज्जत खै
आफै लड्छौं, तराई र पहाडीको इज्जत खै
मिनिस्कट पाइन्टमा चट्ट पर्छौं आजभोलि
गुन्यु चोली पटुकी र त्यो साडीको इज्जत खै
नातावाद कृपावाद हाबी भयो खेलमा पनि
मेहेनती प्रतिभावान् खेलाडीको इज्जत खै
हामीलाई सोफा दराज गलैंचाको मोह चल्यो
काठे बाकस गुन्द्री पिरा झन् राडीको इज्जत खै
हत्या हिंसा ब्यापार झैँ बदनामी भो नेपालीको
वीरको देश भन्ने हाम्रो अगाडिको इज्जत खै
गुप्तेश्वर-३, रामेछाप
हाल:अबुधाबी, युएई
copyright©घायल
‘प्रथम राष्ट्रब्यापी खुल्ला गज़ल प्रतियोगिता-२०७०’मा वाचन गरिएको गज़ल ……!
