Skip to content

हाम्रो देश संधै विश्व सामु चम्कोस

  • by


हाम्रो देश संधै विश्व सामु चम्कोस
गरीवीमा हैन अब विकासमा लम्कोस ।
जन्म मेरो भएको छ सगरमाथा तल
जहाँ बग्छ संग्लो पानी गरी कलकल ।

मान्छेहरू जाँगरीला परिश्रमी हुनु
के को श्रापले पर्‌यो हाम्लाई आज रुनु
पर्यटकको आईरो लाग्ने स्वर्गजस्तो भूमि
भेटिदैन यस्तो हेर संसार घुमिघुमि ।

प्रकृतिको उपहार हिमाल पहाड तराई
जलश्रोतको खानी देखि डाह गर्छन् पराई
पहाडको जडिवुटी हिमाल दिन्छ शान
अन्न धेर फलाउँछ मधेशले जान ।

वनमा चरी कराउँछन् मन हाम्रो चङ्गा
उपत्यका ताल अनि नदीनाला गङ्गा ।
मेरो देश देखेर नै म त दङ्ग पर्छु
वैरी छुन दिन्न माटो बरु आफै मर्छु ।

चूडा निर्भीक

Leave a Reply

Your email address will not be published. Required fields are marked *