Skip to content


जूनको आँसु शीत बनी धरतीमा खस्यो
उनको आँसु तीर बनी मुटुभित्र बस्यो

पिरतीले सिँचेको थेँ मायाको त्यो फूल
हेर्दाहेर्दै वैलाएछ कहाँ के भो भूल
त्यही फूल आज हरे बालुवामा खस्यो
उनको आँसु तीर बनी मुटुभित्र बस्यो

छवि उनको लुकाएथेँ हृदयमा साँची
हृदय नै जल्यो सारा रहेन क्यै बाँकी
कोमल त्यो मन आज कुन्नि केले डस्यो
उनको आँसु तीर बनी मुटुभित्र बस्यो ।

मधुपर्क २०६९ बैशाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *