Skip to content


त्यो साँझ–
वौद्धनाथको आँखाले मलाई हेरिरहेथ्यो
एक तमासले, क्वारक्वार्तीध्र
नजिकैका गुम्बामा सल्काइएका
धूपका सुगन्ध पनि बारम्बार नाकमा ठोकिन्थे /हराउँथेध्र
‘हायाट क्रिसमस पार्टी’को ‘रमपञ्च’को हरक
आइरहेथ्यो तिम्रो मुखबाट–सुगन्धित !!
तर सबैभन्दा महइभ्वपूर्ण
त्यो दिन तिम्रो मुखबाट बारम्बार, तारन्तार
प्रेमगीत प्रस्फुटित भएका थिएध्र
जाडोले कठ्याङ्ग्रिएर पनि, तिम्रो सामीप्य पाएर
तिम्रा प्रेमगीतहरू सुनेर मख्ख मख्ख थिएँ मध्र
मध्यरात हुनलाग्दा पनि
अहँ तिमीलाई घर फर्कनु नै थिएन
पटक्कै थिएन
तिम्रा सबै धुन प्रेम गीतमा मात्र थिएध्र
भोलिपल्ट बिहान
बौद्धनाथको आँखाले
फेरि मलाई हेरिरहेथे
हो, मलाई मात्र हेरिरहेथे यसपटक
एक तमासले, क्वारक्वार्तीध्र
त्रिभुवन अन्तर्राष्ट्रिय विमान‚थलको उत्तर कुनामा
जहाज थियो– उड्नलाई ठिक्क
त्यो दिन पनि तिम्रो मुखबाट तिम्रा प्रेमगीत
बारम्बार, तारन्तार प्र‚फुटित भएका थिए
सेलफोनबाटैध्र
नचाहँदा नचाहँदै वाध्यतावस, नियमपूर्वक
सेलफोन बन्द गरेर तिम्रा प्रेमगीतहरू सम्झेरै
मख्ख मख्ख थिएँ म –आकाशभरि जहाज यात्रामा !
ड्वाङ्ग……ड्वाङ्ग– के पड्क्यो ?
अहँ आफैँलाई थाहा छैन
मेरो मथिङ्गललाई तिमीले
हुँडलिदियौ आज
यो न‚तर सम्बन्धमा
प्रेमको कुनै गीत नै गाएको छैनध्र
तिमीले, मैले, हामीले भनिदियौ
अझै तिमीले त कहिले सोचेकै समेत
थिइनौ भनिदियौ–
हो; मेरो बारेमा त तिमीले जिम्मा लिने कुरै आएनध्र
तर आश्चर्य ?
फेरि तिमी भन्दैछौ–
तिमी मेरो साथी मात्र होइन
संसारकै एक र एक मात्रकै नजिकको साथी हौँध्र
सधैँ आफूले परिवर्तन गरिरहेको अवतारमा
अरू कोही घुसेपछि,
तापान्तर मिलाउन नसकेर बौलाहा भएको छु म
‘बौलाह नृसिंह’झै आफ्नै भुँडी चिरेर हेर्न खोज्दैछुध्र
आह ! उठ्नै नसक्ने गरेर पछारिदिएपछि
दुवै हात आकाशतिर उठाएर
समर्पणको विकल्प छैन मसँग अब ।

अमोद भट्टराई
मधुपर्क २०६९ बैशाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *