Skip to content


घर अगाडि चौतारी
वर पिपलको बोट
लाहुरमा खै कमाई ?
मात्र चोटै चोट
तैपनि झिनो आशा
स्वाभिमान बन्धक राखी
यो मुग्लानमा
आफ्नै मायालु देश खोजिरहेछु
आफ्नै अस्तित्व सोचिरहेछु
नेपालको भूगोलभित्र
गाँस बास कपास नभेटेर
याद आउँछ सधैँ आमाको काख
कसरी टार्छिन् बिहान बेलुकाको छाक
छोराले काट्यो सगरमाथा जस्तो नाक
भन्दै आमा गाउँ बेँशी गर्दिहुन्
पिँढीमा बसी मेरै भर पर्दिहुन्
आरुको बोट सानो
ठूलो भयो होला
नदेखेको धेरै भयो
कस्तो भयो होला
सम्झी सम्झी मनै रुन्छ
मेरो आफ्नै गाउँ
मुनाले त माया मारिन
मदन मेरो नाम
जताततै हरियाली
स्वर्ग जस्तो ठाउँ
त्यही ठाउँको कुनामा
मेरो गुण्डु गाउँ ।

मधुपर्क
भक्तपुर, गुण्डु

मधुपर्क २०६९ बैशाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *