मेरो प्यारो चितवन तिमी झुल्कनै पर्छ तिमीले ।
उज्यालो भो सब तिर लहै उठ्न नै पर्छ तिमीले ।।
सिर् सिर् गर्दै वरपर हवा सल्वलाई रहेछ ।
जागे तिम्रा सखि पनि लहै जाग्न नै पर्छ तिमीले।।
१
नेपालीको मनमुटु भरी मोहनी छोडि सकिछ्यौ
नौलो मान्छे तिर पनि तिमीले नशा छोडि सकिछ्यौ।।
तोरी बारी मगमग फुले, बासना कुद्न थाल्यो।
मीठो माया, वरपर छरी प्रीति जोडी सकिछ्यौ ।
२
गैंडा फुर्की वनवन चहार्दै चल्बलाई रहन्छ ।
राप्ती खोला बगर बगरै छल्बलाई रहन्छ।।
कोईलीले कुहुकुहु गरी गीत नौलो जगाई।
बास्ना छर्छन् वनकुसुमले, प्रीति धारा बगाई ।।
३
गाई चर्ने वनचहुरले रुप नौलो बनायो।
माया साट्ने सुन ढुकुरले गुँड नौलो लगायो ।।
बाडे तिम्ले युग युग भरी सम्झनाको निशानी ।
बाटो हिड्ने नवयुवकलाई बसौ बसौं बनायो
४
थारु गाम्मा वरपर छरीई कला बाँचि दिन्छ।
देखी नौलो चलन रितिलाई मनै नाँचि दिन्छ।
राताम्मे भो सिमल फुलि,भँमरो भुल्न थाल्यो
सँगै फुल्दै चितवन सधैं पीरती साँची दिन्छ।।
अच्यूत प्रसाद सिलवाल
पिप्ले ४ चितवन
हाल बसुन्धारा

dherai ramro lagyo sir hajur
dherai ramro lagyo sir hajur ko rachana….hajurko pargati ra unnati ko kamana garnechu….hajurko jaya hos…./
bahut daaaaami
bahut daaaaami
ramrroooooooooo
ramrroooooooooo