नफर्कने बाटो गयौ, धेरै शून्य भयो
मलाई भने छटपटी, उठूँ बसूँ भयो
वरिपरि तिमी छैनौ, तिम्रै झल्को लाग्छ
बोलुँ–बोलुँ लाग्छ सधैँ, नियाँस्रोले ढाक्छ
तिम्रै हाँसो, तिमै्र बोली, साह्रै निको लाग्छ
तिम्रो माया मुटुभरि, सधैँ उर्लिराख्छ
छातीभरि तिम्रो तस्बिर, सजाएर राख्छु
तिम्रो बाचा, तिम्रै कसम, सँगालेर राख्छु
अमर हुन्छ हाम्रो माया, धर्ती रहेसम्म
तड्पिएर बस्छु म त, मुटु चलेसम्म
नफर्कने बाटो गयौ, धेरै शून्य भयो
मलाई भने छटपटी, उठूँ बसूँ भयो
मुकुन्द पथिक
मधुपर्क २०६९ बैशाख
