Skip to content


थाहा थियो, तिमी आउनेछ्यौ
तिमी आयौँ
सोचेथेँ जुनेली रातमा
सुटुक्क आउनेछ्यौ
दुर्भाग्य भरभराउँदो आगो भएर आयौ
सोचेथेँ शीतल रातमा
पारिजात फुल्नेछ्यौ
तिमी चलाख, सुगन्ध भएर आउनेछ्यौ
दुर्भाग्य रातो गुराँसका भार बोकेर आयौ
भूल यत्ति भयो
चाल मार्न बिर्सेर, ताल बजाएर आयौ
चाल र तालको फरकले
पारिजात र गुराँसको फरकले
मेरो सारा अस्तित्व धरमराएको छ

जीवन युगीन
कावासोती, नवलपरासी

मधुपर्क २०६९ बैशाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *