Skip to content


उत्तर हिम देखिन्छ फाँट मधेस दक्षिण
महाभारत घुमी त्यहाँ रहेको छ प्रदक्षिण
जङ्गल फाँट औ बेसी डाँडाकाँडा थरिथरि
हरियाली जताततै फुल्दछन् फूलहरू सधैँभरि

अर्घा र खाँचीको बीचमा केन्द्र छ अति सुन्दर
गीत गाउँछन् कोइलीले स्वर मिलाउँदछ गन्धर
खन बागी खोला बग्दछन् कलकल स्वर गर्दछन्
हाटबजार मेलापात सबै लोक यहीँ झर्दछन्

ब्राह्मण, वैश्य, सुद्र, जातिले भरिएको
मुसलमान र गाइनेहरूको पनि बारी यो
स्वागत गर्दछन् चराचुरुङ्गी नाची नाची
जति हेर्यो उति राम्रो हाम्रो अर्घाखाँची

महेश भट्टराई कविन
अर्घाखाँची बल्कोट–४

Leave a Reply

Your email address will not be published. Required fields are marked *