Skip to content

भ्रष्टचार

  • by


भ्रष्टहरू जन्मेपछि भ्रष्टचार हुन्छ
बेलगामी घोडालाई कस्ले कहाँ थुन्छ

निर्मल जल सलल पार्छ सबै सफा
मूलै गन्दा भयो भने कस्ले तन धुन्छ

नरोपौं भो विष वृक्ष सञ्जीवनी रोजौंं
भ्रष्टवृक्ष रोप्दै गए भावी पुस्ता रुन्छ

धर्ती भन्छििन् यो छातीमा अमृत फल रोप
लोभी पापी भ्रष्टचारी ताना बाना बुन्छ

मौलाउँदै गएको यो भ्रष्टरूपी वृक्ष
संस्कारबाटै फाल्नु पर्छ भित्री आत्मा गुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *