Skip to content


लाग्यो मनमा रहर भन्नु पर्ने भो
देखावटी छ यो सहर भन्नु पर्ने भो

बाँड्दै थियो सरकार त्रिपाल र च्युरा
भत्कियो मेरो पनि घर भन्नु पर्ने भो

आँखै अगाडि यहाँ भए पनि हत्या
खै कसले गर्यो प्रहार भन्नु पर्ने भो

जित्नै हो भने नखेल यति चालबाजी
भयो बरू मेरै हात भन्नु पर्ने भो

के गर्छु भन्दै जानु भाथ्यो सदनमा
फरक भयो अचेल व्यवहार भन्नु पर्ने भो

मानबहादुर खड्का
शिवपुर–५, बकुवा, बर्दिया

मधुपर्क २०६९ बैशाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *