Skip to content


तिमी आकास हौँ म पाताल हूँ
तिमी थाक्रो हौँ म झाल हूँ

आफैँभित्र हराउँदा त लाग्छ
तिमी जुवा, म जुवाको खाल हूँ

स्थिर आठे चालमा ल्याउन
तिमी सुस्तरी हिँड्छौ, म चाल हूँ

प्रिय हामीमा धेरै धरै अन्तर छ
तिमी चामल हौ, म अनिकाल हुँ

मधुस न्यौपाने
मधुपर्क २०६९ बैशाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *