Skip to content

मुस्कुराउँदै जब तिमी उदाउँछौ

  • by


मुस्कुराउँदै जब तिमी उदाउँछौ क्षितिजमा
प्रितको न्यानो किरण पर्छ मेरो आँचलमा

लुकी लुकी मेरा कोमल शरिरमा गर्दै स्पर्श
अनायसै ह्रदयका कुना कुनामा दिदै हर्ष
बहकिन्छौ जब तिमी मन्द मन्द पवनमा
प्रीतको न्यानो सुबास छर्छौ मेरो यो मनमा

भनी सधैं माया बिना छैन केही ठुलो अरु
देखाउँदै पिरतीका मीठा मीठा सपनाहरू
ढड्किन्छौ जब तिमी निर्दोश यी धड्कनमा
प्रीतको न्यानो आभास हुन्छ मेरो जीवनमा

मुस्कुराउँदै जब तिमी उदाऊँछौ क्षितिजमा
प्रीतको न्यानो किरण पर्छ मेरो आँचलमा

‘नरेन्द्र घर्ती’
तारा / बाग्लुङग

Leave a Reply

Your email address will not be published. Required fields are marked *