Skip to content

म को हुँ दुनियाँ, सारालाई सोधेँ


म को हुँ दुनियाँ, सारालाई सोधेँ
धर्तीले बोलेन, तारालाई सोधेँ

बगेथ्यो रगत, काँ पुग्यो क्रान्ति
रोल्पा र रुकुम खारालाई सोधेँ

फुटेर गयौ कि, जुट्दैछौ तिमी
कैलाली बाजुरा बारालाई सोधेँ

बलात्कृत् भएँ म, खै तिम्रो न्याय
संम्बिधानभित्रको धारालाई सोधेँ

देशै त बनेन, के मर्‍यौ ब्यर्थै…
शहिद भएका प्यारालाई सोधेँ

-बुद्धि मोक्तान

3 thoughts on “म को हुँ दुनियाँ, सारालाई सोधेँ”

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *