जाँदै थिए कतै म भयो भेट बाटोमा उनलाई
रहेछ अर्कै खल्को उनी होला को सोधे आफैलाई
छोडी दियो बाटो मेरो मुस्कुराँउदै उनले मलाई
हिम्मत गरे बोल्नलाई डर लाग्यो फेरि आफैलाई
ठिक छैन समय अहिले भन्थ्यो बाबाले मलाई
सम्झेरा त्यो गरेन आँट बोल्नलाई मैले उनलाई
लागे बाटो म आफनो पुगेर परा हेरे उनलाई
साँच्चै होला को उनी हेर्दै थियो अजै मलाई
