Skip to content

पानीका फोकाहरू


बन्दै, फुट्दै
बन्दै, फुट्दै
निरन्तर एक चक्र चलाइरहेछन्-
पानीका फोकाहरू ।
शक्ति समायोजन
विफल भैरहेछ,
अनि पट्ट पट्ट फुटिरहेछन –
पानीका फोकाहरू ।

2 thoughts on “पानीका फोकाहरू”

  1. दीप राज शर्माजी
    दीपजी

    कविता राम्रो छ । छोटो छ, मिठो छ ।

    र अर्को कुरा, कृपया अंग्रेजी रचनाहरू मझेरीमा पोस्ट नगरिदिनुहोला । मझेरी विशुद्ध नेपाली भाषा (नेपाली र नेपालका अन्य मातृभाषा)हरूलाई मात्र स्थान दिने गरिएको छ । यद्यपि, मैले यहाँका दुइटै रचना पढेँ र मनोरञ्जन लिएँ ।

Leave a Reply to ks Cancel reply

Your email address will not be published. Required fields are marked *