Skip to content

अर्काको भरले जीवन चल्दैन

  • by


अर्काको भरले जीवन चल्दैन
माटाको घरले जीवन चल्दैन

ऊ त्यहाँ त सबैथोक पाइन्छ रे
औँल्याई शहरले जीवन चल्दैन

उस्लेत माटो मै सून फलाएछ
मौखिक जाँगरले जीवन चल्दैन

यो जमाना पैशाको मात्र हो बाबै
पाएछौ बुझ कदरले जीवन चल्दैन

मलाई हेप्छौ तिमी अछुत भनेर ?
ठूलो जात थरले जीवन चल्दैन

कमल ‘जलन आँशु’
बाबियाचौर, सुर्खेत

Leave a Reply

Your email address will not be published. Required fields are marked *