Skip to content

तिम्रा ती वाचा कसम


तिम्रा ती वाचा कसम तिमीबाटै खरानी भो
चोखा माया प्रीत आज किताबी कहानी भो

तिमी भन्थ्यौं हाम्रो माया दुई दिनको प्रित हैन
अजम्बरी हुन्छ बुझ्यौं फुलमा झर्ने सित हैन
गारो हुदो रैछ माया लाए पछि भुल्न धेरै
सुन्छु जीवन रंगिन भो रे मेरो जीवन छ अँधेरै

तिम्रा ती वाचा कसम तिमीबाटै खरानी भो

झुटो रैछ माया मेरो मनमा बिझे काडाँ भयो
लाको माया चुडिएर थाहै नपाई टाढा गयो
रुदाँ रुदै रित्तिएछन् आँखा बाट झर्रने पानी
कस्तो घाउ दियौं तिम्ले सघैं दुख्ने ए बेइमानी

तिम्रा ती वाचा कसम तिमीबाटै खरानी भो
चोखा माया प्रीत आज किताबी कहानी भो …… दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *