Skip to content


शीतलहरमा
रहर थियो
मलाई पनि घरमा
एउटा हटहट हिटर ल्याएर
निरन्तर अग्नि तापिरहने
जवानी चाखिरहने!
मेरा अङ्ग अङ्गहरू कापिरहेका थिए
मेरो नाङ्गो नाङ्गो रहरहरुमा
मेरो उद्दाङ्गो उदाङ्गो घरमा
हेमन्त शिर्शिरको शीतलहरमा
मङ्गसिर पुस माघको अबिरल
जाडोहरुमा
मेरा हरेक पागल अङ्गहरू
बडो ठाडो ठाडो भैरहेथे !

बाहिर हिउँहरू परिरहेको थियो
बाहिर हावा चलिरहेको थियो
भित्र यो दिल जलिरहेको थियो!

निरन्तर जाडोमा।मेरा एकाएक
एकएक हरेक
अङ्ग अङ्गहरू ठाडो भैरहेथे
मेरो नाक !
मेरो नाक
मेरो नाक!
मेरो दारी जुघा माथिको
मेरो नाकमा
रुघा मर्कीले
तपतप चुहिएर खासिरहेका
पोखिरहेका पानीहरुले मेरो
जवानीहरुमा आएको जुघालाई
भिजाइरहेथ्यो
बाहिरबाट भित्र चिसो हावाहरू आइरहेथ्यो

शीतलहरमा
मेरो घरमा
एउटा हटहट
हिटर
ल्याएर
निरन्तर
तापिरहने
रहर
थियो मलाई
मेरा
अन्तर अङ्गहरू कापिरहेका थिए!

सायद रोष रोष
पानीहरुमा पनि अग्नि बाल्न खोजिरहे
ओपन थिए
मेरो झ्याल ढोकाहरू
मदहोस
मदहोस
पवन चलिरहेथ्यो
स्वप्नदोस भैरहेथ्यो
बेहोस हावाहरू आइरहेथ्यो
बाहिरबाट
म निर

मेरो शरीर कट कट खाइरहेथ्यो
मेरा थकित
स्खलित
अङ्ग अङ्गहरुबाट
तपतप शुक्रकीट झै
गरेर
र्‍याल सिगान
बगिरहेथ्यो

ओपन थिए झ्यालढोकाहरू
मेरो तनमा स्खलन भैरह्थ्यो
मेरो नाकबाट लगातार
र्‍यालसिगान बगिरहेथ्यो
यो संसारमा मैले
एउटा तातो
एउटा न्यानोपन खोजिरहेथे
निरन्तर
जाडोमा
मेरो नाकबाट
स्निजिङ्ग
अलर्जी राइनाइटिस
भैरहेथ्यो
र निरन्तर स्खलन भैरह्यो
ओपन दर्वाजाहरू मैले क्लोज गर्दिए
म अक्सिजनहरुको बन्धनमा थिए
तर
पनि
पवन झनझन
सिसाहरू
फुटाएर
अन्दर आइरहे
र निरन्तर
स्खलन गराइरहे

मदहोस हावाहरू आइरहे
मेरो बेहोस बदन जलाइरहे
र साइनस स्खलन गराइरहे

सायद,
मेरो कोठामा आएका ती हावाहरू
हावाहरू थिएनन
सायद
मेरो मनमा आएका उङ्का कञ्चन यादहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *