Skip to content


तिमी !
यस्तो भयौ
मेरो निम्ति
कि
तिम्रो हरेक
हाँसोहरूमा
आँशुहरूमा
हेराईहरूमा
हिडाईहरूमा
बोलाईहरूमा
लजाईहरूमा
रिसाईहरूमा
अर्थ खोज्न मन लाग्छ ।

तिमी
साचिकै कति अर्थपूर्ण छौ है ?

तिमी भित्रै
मैले लेख्ने
कविताहरू छन्
गीतहरू छन्
कथाहरू छन्
उपन्यासहरू छन्
र छन्
अनगिन्ती किताबहरू ।

त्यसैले त
मैले गाउनुको अर्थहरू
मैले हास्नुको अर्थहरू
मैले नाच्नुको अर्थहरू
मैले रुनुको अर्थहरू

मैले बाच्नुको अर्थहरू नै
सबै सबै
तिमीमै छन् जस्तो लाग्छ ।

सत्ते
तिमी बिनाको जिन्दगी
अपुरो छ ।
तिमी बिनाको यात्रा
अधुरो छ ।

यसर्थ तिमी मेरो लागि साचिकै अर्थपूर्ण छौ ।

बिरानो देशबाट
२२ मे २०१३

First published : 2013-05-22 12:21:59 +0900

Leave a Reply

Your email address will not be published. Required fields are marked *