Skip to content

मेरो आँसुमा नहाँसे घायल यो दिल के हाँस्थ्यो
उजाडिएको जीवन कसरी बहार गा’थ्यो

मेरो आँसुमा नहाँसे घायल यो दिल के हाँस्थ्यो
उजाडिएको जीवन कसरी बहार गा’थ्यो

चिन्तामा मेरो एक्लै तिमीले नगम्नु कहिले
निरास जिन्दगी यो के होस थियो पहिले
मेरो उपेक्षालाई रमझम के ब्यर्थ भर्छौ
ओइलाई गएको मनमा के प्रित आस गर्छौ

सुनसान मेरो हृदय गुञ्जाई पाउँछौ के
टुटेको कल्पनामा तम्सेर आउँछ के
मेरो बिदाइलाई साइत रति तिमी नखोज्नु
भेट्छौ म उही उस्तै प्रेयसी पनि नसोच्नु

शब्द – जी शाह
स्वर – योगेश बैद्य
संगीत – नातीकाजी
एल्बम – यस्तो पनि हुँदो रैछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *