निद्रा मै थिएँ उठाएर गई
सर्बश्व मलाई लुटाएर गई
कसैले रङ्गेको हातको कुरा गरें
कसैले आइमाई जातको कुरा गरें
मैले सहन सकेको थिइन
आरोप लाउदै औकातको कुरा गरें
रसायेका आँखा चिहाउदै मलाई
घुम्टोफालि साहस जुटाएर गई
निद्रा मै थिएँ उठाएर गई
सर्बश्व मलाई लुटाएर गई
अस्पष्ट आँखा धमिलो भयो
मन तेसै-तेसै अमिलो भयो
सह्रो त्यो दृढ थियो हिजोसम्म
आज गलेर गिलो भयो
काहानि अँझ बकि थियो हाम्रो
आधुरो सपना टुटाएर गई
निद्रा मै थिएँ उठाएर गई
सर्बश्व मलाई लुटाएर गई
मेरो मनभित्र दरबार छ भन्थीई
सोचेको मैले घरबार छ भन्थीई
सायद कुनै घाउ छ निको नभको
नत्र निर्जल किन लाचार छ भन्थीई
हावाको जगमा, बालुवाको महल
हारेर हौसला फुटाएर गई
निद्रा मै थिएँ उठाएर गई
सर्बश्व मलाई लुटाएर गई
म भित्र केही ऊ खोजिरहन्थीई
नभेटे झै गरी सोधिरहन्थीई
म निरुत्तर हुन्थेँ, बोल्दैन थेँ
ऊ बटुलेर उतर रोजिरहन्थीई
भिरेर सबै बन्धन्हरू आफैले
दोषमुक्त पारि छुटाएर गई
निद्रा मै थिएँ उठाएर गई
सर्बश्व मलाई लुटाएर गई
