झरी परेको रातमा
नसालु रक्सीको मातमा
तिम्रो यादको ओइरो लाग्यो
जानु मलाई टाढा थियो
तिम्रो नसाको मात लाग्यो
सुत्नु मलाई धेरै थियो
तिम्रो यादको बात् लाग्यो
बुझ्नु मलाई तिमीले थियो
नबुझे जस्तो मलाई लाग्यो
तिमीलाई भन्नु सानै कुरा थियो
तर किन ठुलो कहानी लाग्यो
