Skip to content

पोहर साल खुशी फाट्दा

  • by


पोहर साल खुशी फाट्दा जतन गरी मनले टालें
त्यही साल माया फाट्यो त्यसलाई पनि मनले टालें
यसपाली त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो

सास फेरें जस्तो लाग्छ, तर भन्छन् मरिसकिस्
तेरो भाग्य यति नै हो भोग चलन गरिसकिस्
सलहको भाग्य मेरो, मर्ने बाँच्ने ठेगान छैन
भाग्य फाटे जोड्थें बरु तर मन के ले जोड्ने हो

सुख के हो दुख के हो, मनले खोज्ने खुशी के हो
भाग्यले निधारमा लेखिदिने मसी के हो
भाग्य लेख्ने मसी के हो, कर्म तोक्ने कसी के हो
करम फुटे जोड्थें तर मन के ले जोड्ने के ले हो

शब्द – राजेन्द्र थापा
स्वर – अरुणा लामा
संगीत – अम्बर गुरुङ

अरुणा लामाका स्वर
पुराना गीतहरु भाग-१

Leave a Reply

Your email address will not be published. Required fields are marked *