Skip to content

मुटु जलिरहेछ

  • by


मुटु जलिरहेछ यो मन गलिरहेछ
तिम्रो याद आइदिंदा आँसु त्यसै बगेछ

मिलनका हरेक पलहरु मुटुभित्र कहीं बसेछ
विपनामैं सपना देख्ने बानी मलाई परेछ
हुरी चलिरहेछ घाउ दुखिरहेछ
तिम्रो याद आइदिंदा आँसु त्यसै बगेछ

तिम्रो मायाको न्यानो पनमा मेरो माया बाँचिदिएछ
तिम्रा ओठका मुस्कानसँगै मेरो हाँसो बिलाइदिएछ
जीवन ढलिरहेछ व्याथा बढिरहेछ
तिम्रो याद आइदिंदा आँसु त्यसै बगेछ

शब्द – विनोद ढकाल
स्वर, संगीत – भक्तराज आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *