१)
कसो कसो नजरमा बिम्ब बनी छाउछ
हरेक रात सपनामा मेरो मान्छे आउछ
सुस्त सुस्त अधरमा चुम्दै अनि उसले
संसार यो भुल्ने गरी मिठो प्रीत लाउछ
२)
झरि जस्तै एकहोरो झर्न मन छ तिमीसँगै
खुसीका यी रङ्गहरू छर्न मन छ तिमीसँगै
तिमी छैनौ मसँग त्यसैले त ए प्रियतम
यादहरूको बिस्कुन टिपी भर्न मन छ तिमीसँगै
३)
एकाएक तिमी दुईमा दुरी बढ्दैछ
उडाउन सक्दो याद हुरी बढ्दैछ
जति हुन्छ गलफेहमी तिमी दुईमा
त्यति त्यति तिन्को चुरीफुरी बढ्दैछ
४)
कोही यहाँ नमेटिने याद दिएर जान्छन
भएभरको मायाको खात लिएर जान्छन
कोही यति माया गर्छन प्रेममा त्याग गर्छन
अमृत दिन्छन तर आफू बिष पिएर जान्छन
