Skip to content

प्राण आहुति दिन सकुँ


प्राण आहुति दिन सकुँ, धर्ती यही नै प्यारो छ
बिर्सिएर बाँच्न नेपाल, मलाई अब गाह्रो छ

तीर्थ ब्रत दान धर्म, गरी स्वर्ग तर्दा यहाँ
स्नान् गर्ने खोला नाला, अमृत खाने धारो छ

न सड्न्छि न त गलिन्छ, सिधै चित्तामा जलिन्छ
हाम्रै राम्रो सँस्कृति यो, लाग्छ अरुको थारो छ

आँखा छली सीमा मिच्दै, मेरै घर पस्छौ किन
खबरदारी बैरी यहाँ, मौरीको पो घारो छ

स्वाभीमानी, इमान्दारी, कोमल हदय भन्छौ
यो नेपाली परी आउँदा, ढुङ्गा भन्दा साह्रो छ …….दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *