सफल तिम्रो त्यो जिन्दगीलाई
यो दुखीको बधाइ छ
परिवर्तन भयौ के कारण तिमी
यही नै मेरो सोधाइ छ
अधिकार मेरो केही छैन अब
ढुकढुकी तिम्रो फेरि सुन्ने
वेवारिस लास भएँ म
कोही छैन मलाई आफ्नो भन्ने
उपहार मेरो सिंदुर तिमीलाई
पराइ हातले दिनेछ
सजियौ तिमी पोतेहरुले
मेरो जीवनको माला छिनेछ
शब्द – सुनिल थापा
स्वर – प्रकाश श्रेष्ठ
संगीत – सम्भुजित बासकोटा
एल्बम – सफल तिम्रो
