Skip to content


केटा-
हेर मर्दले आँटे नि वर्ष दिन भन्छन
आइमाइले आँटे नि एकै छिन
म धाउन लागेको दुई वर्ष पुग्यो नि
तिमीले आँट्ने कुन दिन रे
कान्छी हे कान्छी!
कान्छी केही त बोलन हे मनको कुरा खोलन
म मादल घनघन घनकाउँला तिमी जुरेली जस्तै नाचन
केटी–
कान्छा हे कान्छा
यो मन मेरो कहाँ मान्छ नि हे भुरुरी उडेर जान्छ नि
जहाँ आफ्नो हितको माया छ त्यहीं तानी तानी लान्छ नि

केटा–
निधाउरो किन आजको दिन विरह गाउन हुँदैन
परदेशीसँग विर्सेर पनि पिरती लाउन हुँदैन
केटी –
सुरिलो रुखको फिरिलो हाँगा टुप्पैमा पात छैन
भोकलाई भोजन निद्रालाई ओछ्यान पिरतीलाई जात छैन
केटा-
झरेर माया लाइन्न जोखेर माया पाइन्न
आँखाले हेर्यो मनले बेर्यो मायाको घेरो कान्छी

केटा-
मनमा भए वनमा कान्छी मन्तर कसले देख्छ र
खाने त मुखलाई जुँगाले कान्छी कहिले पनि नि छेक्छ र
केटी-
कर्म त लेख्छ भावीले कान्छे लाएर माया लाइन्न
लेखेर मात्र पाइन्छ कान्छा देखेर त पाइन्न
केटा-
ढुंगा पनि रसाउला ज्यान फूल पनि बसाउला
मुटु नै चिरी दिउँला नि कान्छी मै मरी जाउँला कान्छी

शब्द – चेतन कार्की
स्वर – प्रकाश श्रेष्ठ, विमला राई
संगीत – गोपला योञ्जन
चलचित्र – कान्छी

Leave a Reply

Your email address will not be published. Required fields are marked *