१.
कति छल्न सक्छ नियतिले छलोस
जति चल्न सक्छ कृतिम हावा चलोस
जे जे हुन्छ परि आउछ भोगी बाँच्नु छ
केही गर्ने चाहानाको दिगो दीपक बलोस ।
२.
प्यासमा खोला हैन र्तिखा धाउँछ
ढिलै होस दोषीले सजाय पाउँछ
खिसी गरी किन गिराएर बोल्नु
नपत्याउने खोलाले नै बगाउँछ ।
३.
जे देखिन्छ त्यो हुदैन मान्छे
व्यर्थमा कहिल्यै रुदैन मान्छे
मिठोको जरा उखेल्ने गर्छ
तितोको टुप्पो छुदैन मान्छे ।
४.
आँखामा परे हजार मनमा पर्ने तिमी भन्यौ
दुःख पीडा भुलाएर मनलाई हर्ने तिमी भन्यौ
थकाइ लाग्दा चौतारी भई साथ दिएर मलाई
मेरो चाहना अनुरुप काम गर्ने तिमी भन्यौ ।
५.
आपसमा साउती गरेर
मनभरि काउकुती भरेर
अप्नाउनेले स्विकारेपछि
के नै हुन्छ अछुती भनेर ।

Ati sundar kabita kornu
Ati sundar kabita kornu hudorahechha
tapai lai badai chha
god blase you
keep it up