Skip to content

छोडी नजाऊ एक्लै

  • by


छोडी नजाऊ एक्लै म, रुन्छु होला
फर्की बोलायौ भने म, सुन्छु होला

बिछोडपछि भुली, बिर्सी गयौ भने
नविन भावी गाथा म, बुन्छु होला

अस्तित्वविहीन त्यो, यात्रामा साथ पाए
चन्द्रमाको शिखरपनि म, छुन्छु होला

अमर प्रेम कथामा, स्वार्थ पूर्ण छबि
शल्यक्रिया गरी सबै म, धुन्छु होला

विस्वासको धरातलमा, गलत बनी नभई
सधैभरि प्यारो तिम्रो म, हुन्छु होला

अन्तिम सेर:-
पागल प्रेमीको उपनाममा, सर्बस्व हारी
मन्दिर सडक पेटीमा म, डुल्छु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *