(१)
गोरी छोडी लौन काली आँट्न सकिन्
दुबैतिर मनको माया साँट्न सकिन्
मोहनी लाए क्यारे मलाई जालमा पारी
चाहेर नि यिनका कुरा काँट्न सकिन्
(२)
शरिरबाट झिकी मुटु राखी हाल्यौ पातमा
मान्छेको मन ठुलो के हुन्छ र त्यो जातमा
रुवाई रुवाई बैगुनी मलाई एक्लो पारेर,
तिम्ले छोडी जाँदा मेरो जलेको छ आत्मा
(३)
तोड मोड गरी जति घुमाए नि बाटो एउटा
दुःख छ मुटु चस्स चस्सी हेर्दा खाटो एउटा
जिन्दगीको अस्ली मजा लुट्नुसम्म लुटी उस्ले,
छोटी जाँदा दोवाटोमा छ भनी लाटो एउटा …… दर्पण
