देश सप्रिने, आशै हरायो
रोज बन्दले, सासै हरायो
छैन सोच नै, नेताहरूमा
पाप धर्मको, त्रासै हरायो
गर्छु भन्दथे, पूरै विकास
आज दीनको, बासै हरायो
ब्रह्म लूटले फैल्यो गरीबी
भोक उर्लियो, गाँसै हरायो
योग्य लम्किदै, लागे विदेश
हाय ! काँ मरे, लासै हरायो
श्री पोस्टराज गुरुद्वारा प्रतिपादित
छन्द :- ग्याजिकाङ
गण :- र य र गु
(५ अक्षरमा विश्राम )
सूत्र:-SIS ISS SIS S
कोमल भट्ट
पुरानो नैकाप -७, काठमाडौँ
हाल:- रोचेस्टर, न्युयो
