बगिरहेको खोला सरी गैरहेछ जोवन
फेरी पनी प्यारी तिमी नगरे है दोमन्
नासिएर जाने मान्छेको चोला यस्तै छ सृष्टिको चलन
माटोमा जिउनु छ माटोमा मिल्नु छ माटैमा छ जीवन
सत्यलाई बुझ आफैलाई सम्झ मिलेर गर्नुछ
मिलन अब टाढा त छैन तत्पर हुनुछ
बेलाको बोली बोल्ननै पर्छ बोलेर हेर न
एकबार प्यारी मेरा नयन बाट संसारलाई देख न
भोलिको बेला समयले घेरा नाघेर जानेछ
समयलाई साथ नदिए प्यारी चिहानमा गई बित्नेछ
रंगिन यो जीवनलाई रंगहरुले अझ सिंघार्नुछ
एकल हैन प्यारी जोडीमा यो संसारलाई मिलाउनु छ
जोवनको सागरमा यौवनको जोडी मिलेर तैरनुछ
साथ मैले तिम्रो पाए हासी हासी यो जीवन कट्नेछ
शुन्दर छौ तिमी छ अहिले बैसको बेला
त्यसैले त प्यारी यो जोवनलाई नगर न हेला
