Skip to content

बादलुको घुम्टोले इलाम बजार छोपिंदा


बादलुको घुम्टोले इलाम बजार छोपिंदा
मैले सबलाई बिर्सेछु तिमीलाई सम्झिंदा

छमछम पाउजु बजाउँदै हिंड्थ्यौ मेरी मायालु
चियाबारीको एकान्तमा भेट्न आउँथ्यौ मायालु
तिमी वारी म पारी आज टाढा रहँदा
मौसम पनि उदास छ हाम्रो मिलन नहुँदा
माइखोलाको दोभानमा बाढी पहिरो आइदिंदा
मैले सबलाई बिर्सेछु तिमीलाई सम्झिंदा

झलझल शीतमा रम्ने फूल झैं मेरी मायालु
गाजलुले सुहाउने परी झैं मेरी मायालु
यो मुटुको माझमा तिम्रै माया संगाल्दा
धर्ती पनि स्वर्ग झैं लाग्थ्यो तिमीलाई अंगाल्दा
नारायणस्थानको मन्दिरमा प्रेमको कसम खाइदिंदा
मैले सबलाई बिर्सेछु तिमीलाई सम्झिंदा

शब्द – बुद्ववीर लामा
स्वर – यम बराल
संगीत – दिनेश सुब्बा

1 thought on “बादलुको घुम्टोले इलाम बजार छोपिंदा”

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *