Skip to content

प्राय शहरमा

  • by
MohanRawalAnmol


प्राय शहरमा ठुला-ठुला महल भेटिन्छन्
कोही सज्जन भेटिन्छन् कोही पागल भेटिन्छन्

जहाँ भोक र अनिकालले मान्छे मरिरहेका छन्
त्यहाँ खाद्यन्नभन्दा सराबका पसल भेटिन्छन्

तिम्रा मौन आकृतिहरू यी नयन वरिपरि
भन सानु किन यसरी हरपल भेटिन्छन्??

ऊ त्यो मुर्दाको बस्ती हो बाबै जहाँ मुर्दाहरूका
प्रसस्त चिहान भेटिन्छन खाडल भेटिन्छन्

यो नेपाली भूमिमा यो नेपाली माटोमा
पढ्दै जाऊ अस्तुले लेखेका गजल भेटिन्छन्

मोहन रावल अनमोल ‘अस्तु’
बान्नातोली पाँच अछाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *